७० लाखको  लत्ताकपडासहित ट्रक नियन्त्रणमा

७० लाखको  लत्ताकपडासहित ट्रक नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०८०

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका- २५ बहुअरीबाट फागुन १२ गते राती सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको  ७०  लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा सशस्त्र प्रहरीले जनाएकाे  छ ।

सशस्त्र प्रहरी सह प्रबक्ता  डिएसपि शैलेन्द्र थापाका  अनुसार   बीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना। ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलविजक संकास्पद  देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रक सहित  नियन्त्रणमा लिएको हो ।  लत्ताकपडाको  ७० लाख र  ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरि  आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।