प्रवासी नेपाली एकता मञ्च युएई बनभोजमा

प्रवासी नेपाली एकता मञ्च युएई बनभोजमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०८०

युएई । नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईले आज बनभोज कार्यक्रम गरेको छ।

युएई स्थित लभ लेक पार्कमा आयोजित बनभोज कार्यक्रममा प्रवासमा कठिन समय व्यवस्थापन बाबजुद पनि युएईमा रहेका नेपालीहरुको भव्य सहभागीतामा बनभोज कार्यक्रममा भव्य रुपमा सम्पन्न गरेको छ।

विभिन्न परिकारका नेपाली खानाको स्वाद, नृत्य, भलाकुसारी, हाँसो-ठट्टा र उमंग सहित विभिन्न अतिरिक्त कार्यक्रममा उपस्थिति भएकाहरु रमाएका थिए। 


 
मञ्चले सद्भाव ,भातृत्व र एकताको सन्देश बाँड्ने उद्धेश्य सहित बन भोज कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष एवं कार्यक्रम संयोजक विपिन सापकोटाले बताए।यस्ता कार्यक्रमहरूले नेपालीहरुमा एक अर्का बीच परिचय हुने, सुखदुःख साटासाट हुने तथा एक्लोपना र निराशा पनि कम हुने हुँदा मञ्चले समयसमयमा यस्ता विभिन्न खालका कार्यक्रम आयोजना गर्दै आएको उनले बताए। 

बन भोज कार्यक्रममा युएईका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा मञ्चमा आवद्ध सदस्यहरुको भव्य उपस्थिति रहेको थियो।