प्रेस सेन्टर नेपालद्वारा प्रवास कमिटीलाई पूर्णता: अध्यक्षमा हरि नेपाली

प्रेस सेन्टर नेपालद्वारा प्रवास कमिटीलाई पूर्णता: अध्यक्षमा हरि नेपाली

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०८०

युरोप/नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले प्रवासमा आफ्नो संगठन निर्माणलाई पूर्णता दिएको छ।|

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख  आतिथ्यमा भएको भेलाले हरि नेपालीलाई अध्यक्ष बनाएको छ।

सेन्टरको वरिष्ठ उपाध्यक्ष केजिन राई, उपाध्यक्षद्वय तिलक मल्ल र मनु श्रेष्ठ, महासचिव दिपक जिसी, सचिवहरुमा दिल निशानी मगर, मेघराज सापकोटा, शान्ति बुढा र कोषाध्यक्ष महेश कुमार खातीलाई जिम्मेवारी दिएको छ।

त्यसैगरि सदस्यहरुमा अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर , दीपक विक, प्रयाग राज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे, युवराज कार्की, निमेष गिरी, प्रेम परियार, युबराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिङ, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा,असिम लोप्चन तामाङ र प्रतिक सिग्देल रहेका छन्।

अनलाइन भर्चुअल माध्यमबाट भएको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि शर्माले प्रवासमा नेपाली समुदायमा हुने बिभिन्न समस्याको समाधान गर्ने प्रेस सेन्टरको मुख्य काम हुनु पर्ने उनले बताए।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले बिभिन्न कारणले प्रवासमा बस्ने तपाईँ पत्रकारहरूले जनपक्षीय पत्रकारिताको मूल नेतृत्व गर्दे सरकारले गरेका राम्रा कामको प्रचार संगै खबरदारी गर्नु पर्ने बताए।कार्यक्रम प्रवास प्रदेश समितिका संयोजक आरबी खड्काको अध्यक्षतामा भएको थियो।