काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खस्याे : ४ को मृत्यु , ३३ जनालाई जिवितै उद्धार

काठमाडौंतर्फ आउँदै गरेको  बस त्रिशुलीमा खस्याे : ४ को मृत्यु , ३३ जनालाई जिवितै उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०८०

धादिङ्ग ।  गजुरी गाउँ पािलका  ५ घाटबेशी स्थित पृथ्वी लोकमार्गमा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस गति अनियन्त्रित भई त्रिशुली नदिमा खसेको , ४ को मृत्यु , ३३ जनालाई जिवितै उद्धार गरिएकाे छ । 

सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा  बेश आदमघाटबाट डिएसपिको कमाण्डमा खटिएको १८ जनाको टोलीले जिवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको हाे  ।

उक्त स्थानमा विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको। बिस्तृत विवरण आउन बाँकी ।