नेपाल मैत्री समाज: सम्पन्न भयाे बंगलादेशमा चारदिने साहित्यिक कार्यक्रम

नेपाल मैत्री समाज: सम्पन्न भयाे बंगलादेशमा चारदिने साहित्यिक कार्यक्रम

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २५, २०८०

बंगलादेश। नेपाल मैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरुको चारदिने साहित्यिक कार्यक्रम  कक्स बजार र ढाकामा सम्पन्न भएको छ । विश्व साहित्य केन्द्रको सभागृहमा सम्पन्न समारोहका प्रमुख अतिथि संसद सदस्य अब्दुल्लाह अल कैसर हसनात हुनुहुन्थ्यो  ।  

उक्त विशेष साहित्यिक कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र संरक्षक पवन आलोकले नेपाल र बङ्गलादेश वीच भएको भाषा,साहित्य र कलाको सम्बन्धको बारेमा स्पष्ट पार्नुभएको थियो । नेपाल बङ्गलादेश नेपाल फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लायन मोसिउर अहमद,नेपाली दूतावासका दोस्रो सचिव योजना बम्जन,सोसाइटीका सचिव सल्लाउद्दिन कुटुले दुई देशको हार्दिक सम्बन्धको बारेमा मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उक्त  कविगोष्ठीमा देविका तिमिल्सिना, मधु पाठक, डा। शान्तिमाया गिरी र लक्ष्मी रेशमीकासाथै  डा।दिलारा हाफिज, शेली सेनगुप्ता, शफिउल आलम तालुकदार,  मोमिन मेहदी, विमल गुहा, प्राध्यापक डा। नजमा खानले कविता वाचन गर्नुभएको थियो ।  

बंगलादेश–नेपाल मैत्री समाजका अध्यक्ष लायन मोशिउर अहमदको अध्यक्षता भएको  कार्यक्रममा इशाक हुसेन, मोहम्मद मोशिउर रहमान, महमुद खान बिजुले दुई देशको साहित्य र संस्कृतिको आदानप्रदानको प्रशंसा गर्नुभएको थियो।  

कार्यक्रमअघि नेपालबाट जानुभएका नेपाल स्रष्टा समाजको टोलीलाई ढाकास्थित नेपाली दूतावासमा राजदूत घनश्याम भण्डारीले स्वागत गर्नुभएको थियो ।