मानिसको दिमाग पढ्न सक्ने चिप

मानिसको दिमाग पढ्न सक्ने चिप

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७६

काठमाडौं, एजेन्सी । हालै चीनमा भएको वर्ल्ड इन्टिलिजेन्स कांग्रेसमा मानिसको दिमाग पढ्न सक्ने चिपको प्रदर्शन गरिएको छ । यस चिपको मद्दतले मानिसको विचारद्वारा नै स्मार्टफोन नियन्त्रण गर्न सकिनेछ । 

वैज्ञानिकहरुले यसलाई ब्रेन टकरको नाम दिएका छन् । 

ब्रेन टकर दिमागको विद्युतीय तरंगका माध्यमबाट चल्नेछ । यसबाट प्राप्त सूचनालाई कम्प्युटर मार्फत डिकोड गरिन्छ । 

चिप विकास गर्ने वैज्ञानिकका अनुसार यसबाट कम्प्युटर, स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक डिभाइस नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग चिकित्सा, सुरक्षा, शिक्षा तथा मनोरञ्जनको क्षेत्रमा पनि गर्न सकिनेछ । 

तियानजिन यूनिभर्सिटी तथा चाइना इलेक्ट्रॉनिक कॉरपोरेशनले यसको निर्माण गरेका हुन् । चिप निर्माताका अनुसार कुनै स्वीच नथिचिकन, कुनै निर्देशन बिना वा बिना कुनै हलचल यसले कम्प्युटर तथा स्मार्टफोनलाई नियन्त्रण गर्न सक्छ । 

अपांगता भएका व्यक्तिका लागि यो विशेष उपयोगी हुन सक्छ किनकि उसले सोच्ने बित्तिकै उसको व्हीलचेयर गतिशील हुनथाल्छ । 

तियानजिन यूनिभर्सिटीका  डीन डांग मिंगका अनुसार ब्रेन टकर, चिपले दिमाग तथा कम्प्यूटरका  बीच  इंटरफेस टेक्नोलोजीका रुपमा काम   गर्नेछ । यो भविष्यमा मस्तिष्कले कम्प्यूटर नियंत्रण गर्नका लागि राम्रो औजार हुनसक्छ ।