नेपाल टेलिकमको  'ब्रान्ड एम्बेसडर' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

नेपाल टेलिकमको  'ब्रान्ड एम्बेसडर' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०८०

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि 'ब्रान्ड एम्बेसडर' नियुक्त गरेको   नेपाल टेलिकमले जनाएकाे  छ ।

नेपाल टेलिकम  प्रवक्ता  हरि ढकालका अनुसार   नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल०ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताउनुभएको थियो ।

मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा। सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै 'ब्राण्ड प्रमोटर' नियुक्त गरिसकेको छ ।