सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र जारी

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ ।
 
फागनु २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई बिहीबार परिपत्र जारी गरेको हो ।
 
विभिन्न पार्टी समिति तथा सङ्गठनहरुबाट सङ्गठित पार्टी सदस्य बितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो ।
उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने व्यहोरा समेत जानकारी गराइएको छ ।
 
सदस्यहरुको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण ९सफ्ट कपी० समेत उपलब्ध गराउन भनिएको छ ।