स्वर्गीय राजेश दाहालको शव नेपाल ल्याउन सहयोगको अपिल

स्वर्गीय राजेश दाहालको शव नेपाल ल्याउन सहयोगको अपिल

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०८०

पोल्याण्ड । गैर आवासीय नेपाली संघ पोल्याण्डले छुरा प्रहारबाट निधन हुनुभएका खोटाङका  राजेश दाहालको शब नेपाल पठाउन र श्रदाञ्जली अर्पण गर्न आर्थिक सहयाेग गर्न अपिल गरेकाे छ ।   

गैर आवासीय नेपाली संघ पोल्याण्डले समाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्दै भनिएको छ - 'गत केहि दिन अघि स्वर्गीय राजेश दाहालज्यू को आफु बस्ने होस्टेल मा जर्जियाका सहकर्मीले  छुरा प्रहार भएको र उहाँ को घटनास्थल मै मृत्यु भएको भन्ने खबर प्राप्त भएको थियो । यही क्रममा शनिबार भोली अर्थात ०९/०३/२०२४ को दिन बिहान ९ देखि १० बजे सम्म Kaplica przedpogrzebowa, ul. Jakuba Jasińskiego, Praga Hospital  श्रद्धाञ्जली अर्पण गर्न  उपस्थिति जनाउन को साथै यस्ता जघन्य अपराध को बिरोध पनि जनाउन  र  मृतकको घर परिवार को इच्छा बमोजिम उहाँको अन्त्येष्टिको लागि शव  केहि दिन मै नेपाल पठाउने अन्तिम तयारी पनि हुदै छ। उक्त कार्यमा सहयोग गर्न चाहनु हुने सम्पूर्ण पोल्याण्ड बासी नेपालीहरु, त्यस्तै गरि पोल्याण्ड मा रहेका सँग संस्थाहरू लाई एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्नुहुन सम्पुर्ण मा अनुरोध गर्दैछौ।' 
सहयोग रकम बैंक ट्रान्सफर गर्दा Title - राजेश दहाल  राख्न समेत गैर आवासीय नेपाली संघ पोल्याण्डले अनुरोध गर्दै बैंक खाता समेत उपलब्ध गराएको छ ।  

Santander Bank Poland
NON-RESIDENT NEPALESE IN POLAND
A/C No. 27 1090 2356 0000 0001 1368 0462
IBAN:- PL 27 1090 2356 0000 0001 1368 0462