अन्तर्राष्ट्रिय महिला दिवसमा महिला मोटरसाइकल र्‍याली

अन्तर्राष्ट्रिय महिला दिवसमा महिला मोटरसाइकल र्‍याली

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०८०

काठमाडौँ ।महिलाको माटरस्पोर्टस्मा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विमा नेपाल र नासा नेपाल महिला कमिसनको संयुक्त आयोजनामा हिजो फागुन २४ गते भव्य रुसमा मोटर र्‍याली सम्पन्न भएको आयाेजकले जानकारी दिएका  छन् ।

काठमाडौँ छाउनी लिफ लाउन्जबाट र्‍याली सुरु भएर बनेपामा सम्पन्न भएको थियो । उक्त र्‍यालीमा मोटरसाइकल र स्कुटर गरी ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ । 

कार्यक्रम नासा नेपालका अध्यक्ष दशरथ रिसालले फ्याग अफ गरेर सुरु गरेका थिए भने सचिव सन्तोष न्यौपानेले राइडरहरुले पालना गर्नु पर्ने नियम, सुरक्षा र अनुशासन सम्बन्धि अवगत गराएका थिए । यसै गरी नासा नेपालका बोर्ड सदस्य र विमा नेपालका संयोजक सञ्जु ब्रजचार्यले सहभागिहरुलाइृ कार्यक्रम सफलताको सुभकामना प्रदान गदै महिलालाई कम्फट जोनबाट बाहिर निस्केर आफ्नो भविष्य सुनौलो बनाउनमा आफै अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो र आगामी दिनहरुमा महिला शक्तिकरण र उत्थानको लागी यस्ता गतिविधि गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिसां कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले नासा नेपाल अन्तर्गत ड्राइभ टुरिम र मोटरस्पोर्ट कमिसनले यस्ता गतिविधि विगत १५ वर्ष देखी गर्दै आइरहेको कार्यक्रमको संयोजक दुर्गा रञ्जितकारले भन्नु भयो । 

यस्ता कार्यक्रमले ट्राफिक नियमको सहि पालना र सुरक्षित यात्रा र यात्रामा अपनाउनु पर्ने सन्देश पनि दिएको छ ।

राइडर टोलीलाई बनेपा नगरपालिका, साना घरेलु उद्योग संघ लगायत अन्य संघसंसथाहरुले भव्यताका साथ स्वागत गरेर कार्यक्रमको सोभा बढाएका थिए ।सहभागी ५० जना महिला राइडरलाई सम्मान र सहभागिताको प्रमाणपत्र बनेपा नगरपालिका उप मेयर बिमला सापकोटाले प्रदान गर्नुभयो ।