कोहलपुरमा कुलपति राईको एकल कविता वाचन

कोहलपुरमा कुलपति राईको एकल कविता वाचन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०८०

बाँके ।सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो। यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियोे ।वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना ,पहिचान ,मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थियोे ।

उक्त कार्यक्रमको आयोजना ज्ञानोदय सामुदायिक पुस्तकालयले गरेको थियोे । 

यस कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्धिजीवी तथा विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियोे । 

कुलपति राईद्वारा सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियान अन्तर्गतको एकल कविता वाचनको यो चौथो शृङ्खला हो । चितवनबाट सुरु भएको यो अभियान युएसएको बोस्टन र नर्थ क्यारोलिनामा दोस्रो र तेस्रो शृङ्खला सम्पन्न भएको थियो । यो भन्दा अगाडि प्रज्ञा (प्रतिष्ठानको साहित्य गद्य विभागद्वारा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय आख्यान महोत्सव कोहलपुरमा र सुदुर पश्चिम प्रदेशस्तरीय आख्यान महोत्सव धनगढीमा सम्पन्न गरी कुलपति राई एकल कविता वाचनमा सरिक हुनु भएको थियो ।

प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित