नेपाली जनप्रगतिशील मञ्च माल्टाको अध्यक्षमाकान्छाराम बुढाथोकी

नेपाली जनप्रगतिशील मञ्च माल्टाको अध्यक्षमाकान्छाराम बुढाथोकी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १, २०८०

माल्टा । नेपाली जनप्रगतिशील मञ्च माल्टाको प्रथम अधिवेशनले कान्छाराम बुढाथोकी (विनय)को अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मञ्च माल्टाले ५३ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केजिन राईको प्रमुख आतिथ्यता तथा एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनालको आतिथ्यता रहेको अधिवेशनमा माल्टाका नवनियुक्त पर्यटनदूत प्रकाश भण्डारी, एनआरएनए आइसिसी सदस्य भुवन अर्याल, एनआरएनए एनसीसी माल्टाका महासचिव सन्देश केसी, एनआरएन एनसीसी माल्टाका सल्लाहकार हरि विसी, निवर्तमान महासचिव रोशन गिरी, व्यवसायी उदयबाबु श्रेष्ठ, जीके शर्मालगायतको सहभागीता रहेको थियो ।

अधिवेशनले बुढाथोकीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा अर्जुन लिम्बु, उपाध्यक्षमा कृष्ण प्रसाद सुवेदी र पासाङ  रुम्बा, महिला उपाध्यक्षमा ईन्दिरा कन्दङ्वा, महासचिवमा असीम तामाङ, सचिवमा अनन्त भण्डारी र  शङ्कर श्रेष्ठ, कोषाध्यक्षमा विष्णु चापागांई र सहकोषाध्यक्षमा अमिता सुनार चयन गरेको छ । 

यस्तै सदस्यहरुमा सुधीर आले, रविन लिम्बु, सोमित लिम्बु, अगन्ध ठाकुर, जस्बहादुर गुरुङ, हेम सापकोटा, जुनी वानेम फागो, रत्न बहादुर खाती, सन्तोष सुवेदी, जुना मगर, खड्ग बहादुर रावत, चन्द्रकला राई, हर्क बहादुर बिक, आकाश तामाङ, विदुर गौतम, प्रभा घोडासैनी, गजेन्द्र लिम्बु, सरोज लिम्बु, मणि कुमार बुढाथोकी, राजु चौधरी, मिलन बिक, मदन ठाकुर, कुसाङ साल्बा, लुसि लोप्चन, सुजन तिवारी, श्रीकृष्ण बुढाथोकी, पासाङ ढोमा लोप्चन, सन्तोष बहादुर गुरुङ, विवश लोप्चन, सुरज अधिकारी, सुरज खडका, सुर्य गौतम, सरिता लोप्चन र सुनिल तामाङ चयन भएका छन । 

यस्तै अधिवेशनले प्रमुख सल्लाहकारमा तदर्थ समितिका अध्यक्ष तथा निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारी, यज्ञ ढुङ्गाना र डिएस राना चयन गरेको छ ।

अध्यक्षमा निर्वाचित बुढाथोकी यसअघि नेपाली जनप्रगतिशील मञ्च युकेका सचिव तथा प्रचार प्रसार विभागका संयोजक हुन । पछिल्लो समय युरोपेली मुलुक माल्टामा पनि व्यापार व्यवसाय विस्तार गरेका बुढाथोकी माल्टाको पहिलो अधिवेशनबाटै सर्वसम्मतले अध्यक्षमा चयन भएका हुन ।  

मञ्चका नवनिर्वाचित अध्यक्ष बुढाथोकीले माल्टामा सम्पन्न पहिलो अधिवेशन एउटा कोशेढुङ्गा मात्र नभएर समृद्ध नेपाल निर्माणका लागि मञ्चको साझा दृष्टिकोणको प्रमाण पनि भएको बताए । उनले रणनीतिक सहकार्य र विचारशील पहलहरूमार्फत मञ्च राष्ट्र निर्माण अभियानमा लाग्ने बताए । 

उनले माओवादी सरकारले युद्ध कालमा ज्यान गुमाएका झण्डै ८ हजार बढीलाई शहिद घोषणा गरेको तथा बाकी बेपत्ता र घाईते सहीदहरुको सपना पुरा गर्न लागी परेको भन्दै द्वन्दकालीन मुद्दाहरूलाई सत्य निरुपन तथा मेलमीलाप अयोगमार्फत चाडै टुंग्याउनुपर्ने बताए ।

माओवादी केन्द्र सम्वद्ध युरोप तथा विभिन्न देशमा रहेका युवाहरू आवश्यकता परेको खण्डमा देशको निम्ति र प्राप्त अधिकारहरूको रक्षाको निम्ति बलिदानी दिन पनि तयार रहेको बुढाथोकीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरि तेस्रो पटक प्रधानमन्त्री बनेकोमा पनि सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरे १ बुढाथोकीले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेको बताउदै देशमा रोजगारी बृद्धिका लागि सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।