खोटाङ हलेसी सेवा समाज : ५६ जना रक्त दाताद्वारा रक्तदान

खोटाङ हलेसी सेवा समाज : ५६ जना रक्त दाताद्वारा रक्तदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०८०

काठमाडौँ । 'रक्तदान जिवन दान' भन्ने मुल नाराका साथ  खोटाङ हलेसी सेवा समाज काठमाडौंद्वारा रक्तदान  कार्यक्रम सम्पन्न गरेको समाजले जनाएकाे छ।

समाजकी  अध्यक्ष   इन्दा थापाले   दिएकाे जानकारी अनुसार   काठमाडौंको कागेश्वरी नपा ७ गोठाटारमा आफ्नो कार्यालय रहेको यस सस्थालेले  'दर्शना स्कुल खहरे चोक' मा आयोजना गरेको कार्यक्रममा ५६ जना रक्त दाताद्वारा अमूल्य रक्तदान गर्नु भएको  थियाे । 

ॐ हस्पिटल एन्ड रिचर्ड सेन्टरका डाइरेक्टर एवं बरिष्ठ उद्योगी तथा समाजसेवी  टंक ब‍ा. श्रेष्ठ को प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य माननीय हिरा गुरुङको विशेष आतिथ्यमा भएको यस कार्यक्रममा सस्था संस्थापक अध्यक्ष र सल्लाहकार संयोजक र सल्लाहकारहरू लगायत संस्थाका शुभेच्छुक बौद्धिक व्यक्तित्व लगायत आम खोटाङ बासी तथा गैर खोटाङ बासीहरुकाे  उपस्थिति रहेको  भै आफ्नो अमूल्य समयका साथ अति अमूल्य रगत दान गरि संस्थाले आयोजना गरेको कार्यक्रम सफल पार्न आफ्नो स्थानबाट भुमिका खेल्ने  सबैलाई समाजले धन्यवाद ज्ञापन गरेको छ । 

 समाजले  २०८० चैत २४ गते ललितपुरको गोदावरीमा बृहत वनभोज कार्यक्रम आयोजना गर्न लागेकाे  समेत जानकारी गराएको छ ।