डी.पी दाहाल परिश्रमीको मादलुको तालमा नामक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

डी.पी दाहाल परिश्रमीको मादलुको तालमा नामक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र ८, २०८०

काठमाडौँ । डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको मादलुको तालमा मन भयो चोरी ..बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ । 

नेपाली सांगीतिक बजारका चर्चित, लोकप्रिय गायिका गायक गायिका रामजी खाँड र ज्योती मगरले गाएको यो गीत निकै नै रमाईलो बनेको छ । यस गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुनामको रहेको छ भने मन छुने शब्द लेखनको परिचय बनाएका गीतकार डी.पी दाहाल परिश्रमीको शब्द रचना रहेको छ । यस गीत कि प्रश्तुतकर्ता रिता सिम्खडा दाहाल हुनुहुन्छ । 

लोक भावमा रहेको यस गीतको भिडियोमा लोमस शर्मा र समारीका ढकालको फुर्तिलो नृत्य सहितको अभिनय हेर्न पाइन्छ । उक्त गीतमा अन्य कोरस कलाकारहरुको पनि अभिनय रहेको छ ।
मादलुको तालमा मन भयो चोरी
रमाइलो बेला नाचिन्छ कुम जोडी

भन्दै रमाइलो गर्ने गीतहरुको सूचिमा यो गीत थपिएको छ । यो गीत डीपी दाहाल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ । अकिष्टीक स्टुडियोमा प्रकाश मिश्रको रेकर्ड तथा मिक्सीङ्खरहेको यस गीतको माष्टरीङ्ख भोला पौडेलको रहेको छ । यस म्युजिक भिडियोलाई अमृत चापागाईले सम्पादन एबं रंग संयोजन  गर्नु भएको हो भने नारायण जिसीले भिडियो छायांकन भएको हो । यस गीतलाई सागर ज्ञवालीले निर्देशन गर्नु भएको छ ।

मादलुको तालमा नयाँ म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।