एक हजार जनामा गुञ्जिए गजल

एक हजार जनामा गुञ्जिए गजल

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १७, २०८०

कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी
यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी !

गजलकार डा. भोजराज घिमिरेका यी शब्दमा सङ्गीतकार र गायक लालकाजी श्रेष्ठले प्रस्तुति दिइरहँदा राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालय 'वाह१ वाह११'ले गुञ्जायमान बन्यो ।

शनिबार नेपाल गजल प्रतिष्ठानको आयोजनामा भएको 'साङ्गीतिक गजल गुञ्जन, २०८०'मा ९ वटा गजल ८ जना गायकरगायिकाले प्रस्तुत गरेका थिए !

गायिका जलजला परियारले वसन्ता बरालका शब्द 'तिमीले जिस्किएको पल मजा हुन्छ र छुँदा झन् सुस्तरी आँचल मजा हुन्छ' स्टेजबाट गाइरहँदा बजेको तालीको पर्राले करिब एक हजार श्रोताका कानधेरै बेर गुञ्जायमान बने ।

नौवटै गजललाई शास्त्रीय र अर्धशास्त्रीय शैलीमा गाइएको थियो । सङ्गीत मर्मज्ञ चण्डीप्राद काफ्ले र भविन ढुङ्गानाले सङ्गीत संयोजन गरेको कार्यक्रममा डा। प्रदीपकुमार मैनाली, आर्या आयुषा, अमरदेव बाँस्तोला, प्रमोद थापा, राम कँडेल 'अधीश' , आँचलकुमार शर्मा र विनोद बिम्बितका गजलहरू चण्डीप्रसाद काफ्ले, आवाज शर्मा, भविन ढुङ्गाना, लालकाजी श्रेष्ठ र राज सागरले सङ्गीत गरेका थिए ।

गजलहरू जलजला परियार, भविन ढुङ्गाना, दीपिका श्रेष्ठ, रोशा फुँयाल, अमिर परियार, सुनन्द ढकाल, राज सागर र लालकाजी श्रेष्ठले गाएका थिए ।

कार्यक्रममा गजलकार बूँद रानालाई पद्मिल गजल बहार सम्मान तथा पुरस्कार र विनोद बिम्बितलाई के लत बस्यो मलाई सम्मान र पुरस्कार प्रदान गरियो । पुरस्कार राशि ३५ हजार र १५हजार रुपैयाँ छ ।

पुरस्कृत व्यक्तित्वबारे समालोचक घनेन्द्र ओझाले बोलेका थिए । बूँद राना नेपाली गजलमा छ दशकदेखि सक्रिय रहेका बताउँदै उनलाई सम्मान गर्नु समग्र गजललाई सम्मान भएको ओझाले बताए । बिम्बित नवसर्जक भएर पनि परिपक्व सिर्जना गर्ने ओझाको भनाइ थियो ।

प्रमुख अतिथि डा। घनश्याम न्यौपाने 'परिश्रमी' ले अब नेपाली गजलले राजमार्गको यात्रा तय गरिसकेको उल्लेख गरे भने सम्मानित रानाले यस कार्यक्रमले नेपाली गजलको उचाइ बढाएको बताए ।