समाजवादी मोर्चाले विचार गोष्ठीको आयोजना गर्दै

समाजवादी मोर्चाले विचार गोष्ठीको आयोजना गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०८०

काठमाडौँ ।  समाजवादी मोर्चा, नेपालले एक  विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

मध्यान्ह १२ सुरु हुने उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको समाजवादी मोर्चाले जनाएको  छ ।