नेकपा (एस) मकवानपुर : जिल्ला अधिवेशन  वैशाख १५ र १६ मा

नेकपा (एस) मकवानपुर : जिल्ला अधिवेशन  वैशाख १५ र १६ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०८०

मकवानपुर । नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ र १६ बैशाखमा हुने भएको छ ।

पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय लिएको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं।४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ ।  

पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख अतिथ्यता तथा पार्टी मकवानपुरका  अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको हो । बैठकका प्रमुख अतिथी बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई उत्तिक्कै उचित अवसर र मौका दिने बताए ।

बैठकमा पोलिटब्युरो सदस्य घन प्रसाद गौतम, केन्द्रिय सदस्य एवं पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।  
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिग्देलले नेकपा एसका नेता तथा कार्यकर्तालाई पार्टीको नीति र विधिमा रही अधिवेशन मुखी अभियान अघि बढाउन निर्देशन दिएकी छिन् ।

पार्टीको जिल्ला कमिटिको विस्तारित बैठक यही २८ चैतमा बस्ने पनि आइतबारको बैठकले निर्णय गरेको छ ।