गीतकार तारा अधिकारीको  'जे पायो त्यही' को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

गीतकार तारा अधिकारीको  'जे पायो त्यही' को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २२, २०८०

काठमाडौं ।  गीतकार तारा अधिकारीको नयाँ गीत जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ  भने कोरियोग्राफी   राजिव समरको  रहेको छ ।

गीतलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरू पनि पाउन सफल भएकी छिन् ।

म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।