डम्बर यक्सो लिम्बुको 'नछोड बिन्ती साथ मेरो' बोलको भिडियो सार्बजनिक (भिडियोसहित)

डम्बर यक्सो लिम्बुको 'नछोड बिन्ती साथ मेरो' बोलको भिडियो सार्बजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २२, २०८०

काठमाडौँ । गीतकार डम्बर यक्सोको शब्द 'नछोड बिन्ती साथ मेरो ' गीतमा बरिस्ट सङ्गीतकार शान्ती राम राईले लय भरेका छन् भने गायिका मेलीना राई र गायक अशोक मुकारुङ को स्वरमा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजु कार्की को एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकड़िस योगेन मुकारुङ ले रेकड र  मिक्सिंङ गरेका छन्  । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्मेन्ट’ मार्फत् सार्वजनिक गरिएको छ 'भिडियोमा स्वयम गायक अशोक मुकारुङ र रमिला मोक्तान को अभिनय रहेको छ' जयन्द्र कुवरको  छायांकन, ल्यासेस स्टुडियो को सृङ्गार, देब राई को निर्त्यनिर्देशन र जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको छ ।  

कबि गीतकार डम्बर यक्सो पूर्व बिट्रिस आर्मी हुन्, ब्रिटिस सरकारले दिएको सम्पूर्ण सुविधाहरु त्यागेर आफ्नै देश आफ्नै माटो र समाज लाई केही गर्न सकिन्छ भन्ने अठोट सहित समाज सेवा र विभिन्न संघ संगठनहरुमा आबद्ध भई काम गरीरहनु भएको छ । आफ्नो कार्य व्यस्तताका सँगै गीत, कबिता, फुटकर लेखहरु लेख्दै आउनु भएका गीतकार यक्सो हाल ' मेरा मनका अब्याक्त भावहरु' कबिता संग्रह प्रकाशनको अन्तिम चरणको तयारीमा जुटिरहेका छन् । 

'नछोड बिन्ती साथ मेरो ' बोलको  भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।