गैह्रकानूनी  ल्याव र मेडिकल पसलहरु सञ्चालनमा राेक

गैह्रकानूनी  ल्याव र मेडिकल पसलहरु सञ्चालनमा राेक

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २६, २०७६

सुर्खेत । जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमन रिर्पोटका आधारमा प्रशासनले मापदण्डविपरीत सञ्चालनमा आएका ल्याब र मेडिकल सिल गरेको हो ।

प्रयोगशालाले सोमबार यहाँका पाँँच नर्सिङहोम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको बताउनुभयो । सुभास मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरेको खुलेको हो ।

प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिक र सुभास मेडिकलमा सिल गरिएको जानकारी दिनुभयो । आशा मेडिकल र तृप्ती मेडिकल हलमा सञ्चालित ल्याबहरु पनि सिल गरिएको छ । आशाले ल्याब र डे्सिङ रुम एउटै कोठामा राखेको तथा तृप्ती मेडिकलले अनुमतिबि

नै ल्याब सञ्चालनमा ल्याइएकाे पाइएकाे हुँदा पनि  राेक  लगाइएकाे हाे ।