मनायो गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी

मनायो गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र २५, २०८०

 काठमाडौँ  । कागेश्वरी मनोहरा-८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ ।

शनिबार भएको उक्त कार्यक्रममा ३ दर्जन बालबालिका दीक्षित भएका थिए । दीक्षित विद्यार्थीलाई वडा-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र साहित्यकार एवं पत्रकार घनेन्द्र ओझाले प्रमाणपत्र प्रदान गरेका थिए ।

ओझाले गोठाटार स्कुलले साढे ३ दशकदेखि शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै यस क्षेत्रमै अग्रणी स्कुल भएको बताए । पाठ्यपुस्तकका अतिरिक्त अन्य सीप र ज्ञानमा समेत विद्यार्थीलाई अगाडि बढाएकामा ओझाले स्कुलको प्रशंसा गरे ।

प्रिन्सिपल रामेश्वर दाहालले स्कुल प्रशासन र शिक्षकको टिमले विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिएको बताए ।

वडाध्यक्ष पुडासैनीले प्री प्राइमरी तहबाटै विद्यार्थीलाई दीक्षित भएको सन्देश दिँदा राम्रो हुने बताए । उनले यस स्कुलको पाठ्यपुस्तकका साथै विद्यार्थीका अभिरुचिका विषयमा पनि ध्यान दिने कुरा खुसीको कुरा भएको उल्लेख गरे ।


कार्यक्रममा दीक्षित विद्यार्थीले नृत्य लगायतमा कला प्रस्तुत गरेका थिए ।