आई.एम.ई. लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

आई.एम.ई. लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २६, २०८०

काठमाडाैँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि. का चिफ मार्केटिङ अफिसर (ऋःइ) मा गणेश चौलागाई नियुक्त हुनुभएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो।

आई.एम.ई. लाइफ इन्स्योरेन्सले दिएको जानकारी अनुसार  बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त हुनुभएको छ। नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग , अनुसन्धान तथा विकास विभाग , बजार व्यवस्थापन विभाग  र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रदेश प्रमुख  को रुपमा काम गरेको अनुभव रहेको समेत आई.एम.ई. लाइफ इन्स्योरेन्सले जनाएकाे छ।