पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४: विजेतालाई डेढ लाख पुरस्कार

पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४: विजेतालाई डेढ लाख पुरस्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २६, २०८०

कास्की ।  नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका साथ सफल भएको आयोजकले जनाकारी दिएका छन् । 

बिश्व खेलकुद दिवसको अवसर पारेर राखेको उक्त प्रतियोगितामा महिला र पुरुष गरि ५६ जना खेलाडीले भाग लिएका थिए । वनजङ्गल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर बालुवामा उडाउने गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रर्याक निर्माण गर्न झन्दै ३ महिना भन्दा बढी समय लागेको आयोजकको दाबी छ ।

चैत्र २३ गते छनौट खेल खेलाएर २५ जना मेन ओपन इलाइट खेलाडीलाई छनौट गरिएको थियो भने महिला तर्फ ७ जना, ३०+ ओपन मास्टर्समा ७ जना खेलाडीलाई फाइनल खेल खेलाइएको थियो ।

फाइनल खेल को उद्घाटन प्रमुख अतिथी उप सभामुख  माननीय ईन्दिरा रानाले हरियो झन्डाले सङ्केत गरेर खेलको सुरु गर्नु भएको थियो । नेपाल अटो मोबाइलस एसोसिएसन ( नासा नेपाल ), अन्तर्राष्ट्रिय नियामक संस्था, प्रदेश खेलकुद परिषद लगायतबाट अनुबन्धित  उक्त खेलमा हजारौं दर्शकका बिच राष्ट्रिय गानबाट भव्यताका साथ सुरु भएको थियो । नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष श्री अनिल कुमार बरालले खेलाडी लाई अनुशासनको सपथ ग्रहण गराइ सुरुवात गराउनु भएको थियो ।

महिला तर्फ ललितपुरकी बर्षा बस्नेतले टाइटल जितिन भने  पुरुष–ओपन इलाइटमा काठमाडौंका राजेस मगरले उपाधि हात पारेका थिए । त्यस्तै गरि महिला तर्फ दोश्रो मन्दिरा भण्डारी र पोखरामा राम्रो फ्यान फ्लो बनाएकी सुरक्षा केसिले तेस्रो स्थान हासिल गर्नु भएको थियो पुरुस–ओपन इलाइटमा दोश्रो हुने अन्जित बुढाथोकी थिर भने तेस्रो हुने आशुतोष धोन्जु थिए । ओपन ३०+ मास्टर्समा राज शहीले पहिलो स्थान लिएका थिए भने दोश्रो हुनेमा बिकास श्रेष्ठ र तेस्रो हुने अजित बराल थिए ।

बिश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताउनु भयो भने यस्ता खालका आउटडोर स्पोर्ट्सहरुले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गन्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गन्डकीका अध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । प्रतियोगिता सम्पन्न बनाउन विभिन्न संघ संस्था स्पोन्सर सिप र खेल प्रेमी लगाएत खेलाडीहरुको राम्रो साथ र सपोर्ट भयो भने यस्ता खालका एड्भेन्चर खेलहरूले नेपाललाई विश्वसामु चिनाउ धेरै कुर्नु नपर्ने प्रमुख अतिथी माननीय ईन्दिरा रानाले बताउनुभयो ।

उक्त प्रतियोगितामा ओपन मेल ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला तर्फ चौथो र पाचौ पुरुस मेल ओपन इलाइटका चौथो र पाचौलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो । गाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, ब्त्ख्, जिप, फ्ल्याएर स्काइ, स्क्रीनरको फुल प्याकेज पर्दछ हाइग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रधान गर्नु भएको थियो । 
पुरुषतर्फ ओपन इलाइटलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गरेका थिए भने महिला तर्फ काठमाडौ ललितपुरकी बर्षा बस्नेत ले १,५०,०००÷–प्राप्त गरिन् । सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भयो भने क्रमश अर्को बर्ष पनि खेलाइने  कार्यक्रम निर्देशक जगत धौलीले बताउनु भयो ।