भरतपुर फ्ल्याट ट्रयाक रेसिङ: दिपेश तामाङलाई ५० हजार रुपयाँको  पुरस्कार

भरतपुर फ्ल्याट ट्रयाक रेसिङ: दिपेश तामाङलाई ५० हजार रुपयाँको  पुरस्कार

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २६, २०८०


अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागी भएको भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेस चैत्र २५ गते आइतबार सम्पन्न भएको छ । 
बागमती अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको यस भरतपुर फ्ल्याट ट्रयाक रेसको सुरुवात नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल र बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको ग्रिन फ्ल्याग अफबाट भएको थियो ।

टिभियास रेसिङ(TVS Racing) को आर्थिक सहयोगमा भएको यस प्रतियोगितामा दिपेश तामाङ प्रथम, विशाल दोर्जे तामाङ द्वितीय र कुशल दुलाल तृतीय भएका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भुसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले विजेताहरूलाई सिल्ड, मेडल, सिर्टिफिकेटका साथै क्रमशः ५० हजार ,२० हजार र १० हजार पनि हस्तान्तरण गर्नुभयो ।

न्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवातका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि गरिएको यस रेसले अन्तर प्रदेश खेलकुदमा स्पोर्टम्यानसिपको भावना बढाउनुका साथै भरतपुरमा पर्यटन बढाउने र चितवनलाई नेपालको रेसिङ हब बनाउने प्रतिबद्धता आयोजक राजन पियाले बताउनुभएको थियो ।