नर्वेमा नौमती लोक बाजासहित नयाँ वर्ष २०८१ को शुभकामना आदन प्रदान कार्यक्रम

नर्वेमा नौमती लोक बाजासहित नयाँ वर्ष २०८१ को शुभकामना आदन प्रदान  कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८१

नर्वे ।एनआरएनएले नर्वेमा नौमती लोक बाजासहित नयाँ वर्ष २०८१ को शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न  गरेकाे छ । 

यही १४ अप्रिल आइतबारको दिन गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् नर्वे, नेपाल पोर्तुगिज समाज नर्वे र नेपाल मगर सङ्घ नर्वेको संयुक्त आयोजनामा ओस्लो स्थित Refstadveien 27 Bjerke मा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य सफलताका साथ सम्पन्न भएको हाे  ।

सम्पूर्ण नेपाली पोर्चूगीजहरु  स्थानीय सामाजिक संस्था नेपोस नर्वेको पहलमा नेपाल बाट झिकाइएको सो बाजा जो संसारका अरु कुनै परम्परागत बाजाहरूको धुन् सँग मेल नखाने, नेपाली पहिचान र मौलिकता सँग जोडिएको पञ्चेबाजा हाल जहाँ नेपाली त्यहाँ नौमती बाजा जस्तै बन्न पुगेको छ जुन पहिलो पटक औपचारिक कार्यक्रममा मञ्चमा सम्मानका साथ सार्वजनिक गरिएको थियो  ।

युरोप र अन्य मुलुकमा यिनै प्राचीन कला र संस्कृतिको सुमधुर धुनले नेपाल राष्ट्र लाई  चिनाउने अभियानमा अहम् भूमिका खेलेको महसुस पनि भएको छ । यो नौमती बाजा लाई प्रो.डा. विशाल सिटौलाद्वारा विधिपूर्वक मन्त्र वाचन गरी पूजा सम्पन्न गरेर बढाई बाट प्रारम्भ गरिएको नौमती बाजा नेपालीहरूको मन मुटुमा रहेको यो धुनले हललाई नेपालमय बनाएको थियो । गायक तथा वाद्य वादक सुवास पुन मगरको सहनाई तथा वहाँको बेजोड गायन प्रस्तुतिले दर्शकहरुको मन जित्न सफल नेपाली मौलिक पन्चे बाजाको मिठो सङ्गीत सँगै शुरु भएको कार्यक्रममा नेपाली तथा विदेशीहरु  नाच हेर्नेहरूको घुइँचो लागेको थियो ।

सुवास पुन मगरको 'यो मेरो टोपी' बोलको गाएन प्रस्तुति पछि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई सम्मान गरिएको थियो । पहिलो चरण महासचिव ईश्वरी प्रसाद खनाल द्वार सञ्चालन गरिएको औपचारिक कार्यक्रम मा अध्यक्षता विष्णु गौतम गर्नु भएको थियो । स्थानीय विभिन्न सङ्घ संस्थाका प्रतिनिधि आसन ग्रहण गराइएको थियो ।

विभिन्न भेषभूषामा सजिएका नेपालीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्याम परियार ले दोस्रो चरणको कलाकार हुलाई सम्मान कार्यक्रम सञ्चालन गर्नु भएको थियो । जसमा आयोजक संस्था नेपोस नर्वेका अध्यक्ष राम गुरुङ , नेपाल मगर सङ्घ नर्वेका अध्यक्ष दीपक भुजेल , तथा एनआरएन महिला उपाध्यक्ष सीता श्रेष्ठ (सिवानी) को रोहवरमा विभिन्न समय र कार्यक्रम सफल पार्न अहम् भूमिका निर्वाह गर्नु हुने कलाकारहरू लाई खादा द्वार सम्मान गरिएको थियो ।

नेपाल मगर सङ्घ नर्वेका अध्यक्ष दीपक भुजेल , मदन बेलबासे , चित्र थापा (रोनक) चर्चित कलाकार इमान बूढा मगरको कमेडी नृत्य, नर्वे निवासी राष्ट्रिय स्तरका कलाकार विष्णु क्षेत्री ,  विभिन्न नेपाली पोसाक र  मौलिक संस्कृति झल्कने एकल तथा सामूहिक नृत्य, बाल कलाकार , दर्शीका महत् र नौमती बाजा समूह, नेपाली स्कुल नर्वेका चन्द्र हरि राना र टिम, मगर सङ्घ प्रतिनिधि ,वरिष्ठ कलाकार सविता गुरुङ साथै कार्यक्रम उपस्थित गैर आवासीय नेपाली सङ्घ क्षेत्रीय उप संयोजक , निवर्तमान युवा संयोजक , वर्तमान आई सी.सी. सदस्य पवित्र बस्नेत, पूर्व ICC सदस्य , संरक्षक तथा सल्लाहकारहरू , नेपाल पत्रकार महासङ्घ युरोपका अध्यक्ष ज्यु,  कार्यक्रम संयोजक श्याम परियार लगायत सहभागी भई कार्यक्रम सफल पार्न अहम् भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण सदस्य तथा विभिन्न सँग संस्थाहरुका प्रतिनिधि हुलाई एनआरएनए नर्वेको तर्फ बाट अध्यक्ष गौतमले आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रम संयोजक श्याम परियार , महासचिव ईश्वरी प्रसाद खनालले नयाँ वर्ष २०८१ को शुभकामना मन्तव्य राख्नु भएको सो करिब ४५० जनाको उपस्थिति रहेको थियो ।

'नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गरौँ, नेपाली हुनुमा गर्व गरौँ 'भन्ने मूल नारालाई आत्मसाथ गर्दै गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विष्णु गौतमले आगामी दिनहरूमा सहयोगको अपेक्षा सहित नयाँ वर्ष हामी सबैको शुभ रहोस् भन्ने शुभकामना दिनु भएको कार्यक्रम साँझ ९ बजे सम्म सञ्चालन भएको थियो ।

प्रेम परियार, नर्वे