देवघाट–हलेसी  माउन्ट एभरेष्ट मोटर र्‍यालीको शुभारम्भ

देवघाट–हलेसी  माउन्ट एभरेष्ट मोटर र्‍यालीको शुभारम्भ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०८१

चितवन ।बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको सयुक्त आयोजनामा २०८१ बैशाख ५, बुधबारबाट देवघाट हलेसी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू भएको छ । सो र्‍याली बैशाख ५ देखि ७ गते सम्म चल्नेछ ।

भरतपुर मनपाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनील कुमार बरालले फ्ल्याग अफ गरेर र्‍यालीको शुभारम्भ गर्नुभयो । र्‍यालीको उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफल बनाउन र्‍याली महत्पूर्ण भएको बताउनुभयो । 

बागमती अटोमोबाइल एसोसिएसनका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।

नेपाली मोटरस्पोर्टस् प्रादेशीक संरचनामा गए पश्चात यो र्‍याली बागमती अटोमोबाइल एसोसिएसनको दस्रो इभेन्ट हो । प्रत्येक दुई बर्षमा उक्त र्‍याली आयोजना गर्दै आइरहेको र विजेतलाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताउनुभयो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारि, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।

बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा ब्गतयऋचयकक समेतको मिश्रण रहेको यस र्‍यालीको  AutoCross  विधा एक दशक देखि नेपालमा अत्यन्तै प्रचलनमा रहेकोे छ । टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस ]र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।