'खुसीको रिचार्ज' अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनौ पैसा बोनस

'खुसीको रिचार्ज' अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनौ पैसा बोनस

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ७, २०८१

ललितपुर । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नुहुनेछ उतिनै रकम वोनस स्वरुप प्राप्त गर्नुहुनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरू लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ  उति पैसा वोनस स्वरुप पाउनुहुनेछ । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००,  २००० को रिचार्ज गर्नु भएमा २००० नै वोनस प्राप्त गर्नुहुनेछ । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ । 

यस्तै नियमित रिचार्ज गरिरहनु भएका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनु हुने छ । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।