एक स्थिति, दुई कविता

एक स्थिति, दुई कविता

सुरेश राई  |  साहित्य  |  बैशाख १५, २०८१

कविता १

 इन्धन 

एउटा अल्छे माले गोरु 
खाएको घाँसको दमले 
एक पाइला सार्छ
र अर्को पाइला सार्छ 
हलिको सिर्कनो दमले 
उसलाई चल्न 
यी दुबै इन्धनको आवश्यकता परेको छ

साथी,
तिम्रो इन्धन के हो ?

 

कविता २

जुनी 

एउटा अशक्त दार्मे गोरु 
खाएको घाँसको दमले 
एक पाइला सार्छ
र अर्को पाइला सार्छ 
हलिको सिर्कनाको दमले 
उसको जुनी
बेस्सरी दुखिया  छ 
अभागी छ

साथी,
तिम्रो जुनी कस्तो छ ?

खोटाङ