ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा (सबै पदाधिकारी प्राप्त मत सहित)

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा (सबै पदाधिकारी प्राप्त मत सहित)

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २६, २०७६

काठमाडाै । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ ।

परिषद्को २०७६ जेठ २६ गते  बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो ।

 अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित हुनुभएको छ । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित हुनुभएको छ । सचिव र कोषाध्यक्षमा  प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित हुनुभएको छ ।

   यस्तै सदस्यमा राणा समूहका केशवकुमार बस्नेत, दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले,  सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।

 नवनिर्वाचित अध्यक्ष राणाले रासससँग कुरा गर्दै ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताउनुभयो । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उहाँले भन्नुभयो । उहाँले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गर्नुभयो ।