शिक्षासेवी बलराम पराजुली स्मृतिग्रन्थ प्रकाशित

शिक्षासेवी बलराम पराजुली स्मृतिग्रन्थ प्रकाशित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०८१

काठमाडौँ । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेख रचनाहरू समेटेर ‘समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली’ नामक स्मृति ग्रन्थ प्रकाशित गरिएको छ ।

बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा शिक्षाका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए । उनले गाउँमा मुठी दान उठाएर २०११ सालमा विद्यालय स्थापना गरेका थिए । यसका साथै, उनी आधुनिक कृषि अभियानका कुशल अभियन्तासमेत थिए । उनै समाजसेवी पराजुलीले समाजमा दिएका योगदानहरूको स्मरण गर्दै ग्रन्थ प्रकाशित गरिएको हो । उक्त ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गरेका हुन् । वि।सं। २९७२ फागुन १ गते चरम्बीमा जन्मिएका पराजुलीको २०७० साल मंसिर २४ गते निधन भएको थियो ।  

५८ जना लेखकले पराजुलीको जीवनी, व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका छन् । स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत ग्रन्थमा समेटिएको छ । ३४० पृष्ठको स्मृतिग्रन्थको स्मृति ग्रन्थ उमानाथ पराजुली, चूडामणि पराजुली, देवीसुन्दरी पराजुली (अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुलीले रहेका छन् ।

पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेजका रूपमा आएको ग्रन्थ इच्छुक पाठकलाई निःशुल्करूपमा उपलब्ध गराइने सम्पादक देवीप्रसाद घिमिरेले बताए ।