ट्राफिक प्रहरीले महिला चालकको पूर्जीमा आइ लभ यु लेखेपछि...

ट्राफिक प्रहरीले महिला चालकको पूर्जीमा आइ लभ यु लेखेपछि...
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २६, २०७६

उरुग्वे । मादक पदार्थ सेवन गरी तथा सिट बेल्ट नलगाई गाडी चलाउँदा, लेन मिच्दा, तीव्र गतिमा गाडी चलाउँदा चालकलाई पूर्जी काटेर जरिवाना गराउनु आम कुरा हो ।

तर, ल्याटिन अमेरिकी देश उरुग्वेमा एक महिला चालकले सुन्दर र आकर्षक भएकै कारण जरिवाना तिर्न बाध्य भएकी छन् । यहाँका एक प्रहरी अधिकारीले ती महिला चालकलाई जरिवाना तिराउन पूर्जी काटेका हुन् ।

यी महिलाका कारण सडकमा यात्रा गर्ने यात्रुको ध्यान भंग हुने र यसबाट ठूलो दुर्घटना हुने ती प्रहरी अधिकारीको दाबी छ ।

त्यति मात्रै होइन, ती प्रहरी अधिकारीले महिला चालकको पूर्जीमा आइ लभ यु पनि लेखेका छन् । जसका कारण ती प्रहरी अधिकारीले विभागीय कारवाहीको सामना गर्नुपरेको छ । यो पूर्जी सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।