राष्ट्रिय वाणिज्य बैंक: जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक (ब्याजदरसहित)

राष्ट्रिय वाणिज्य बैंक: जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक (ब्याजदरसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ०३, २०८१

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक  गरेको छ ।

बैंकले जारी गरेको विभिन्न प्रकारका निक्षेपहरुमा दिइने नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

बैंकले व्यक्तिगत तर्फ साधारण तथा विशेष मुद्दती खातामा ६.४० प्रतिशत, रेमिटान्स मुद्दती खातामा ७.४० ब्याजदर कायम गरेको छ । त्यसैगरी संस्थागत तर्फको मुद्दतीमा बैंकले ५.३५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी बचत खातातर्फ भने बैंकले न्यूनतम ३.६५ देखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक रेमिटान्स बचत खातामा भने ५.६५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

बैंकले सार्वजनिक गरेकाे व्यजदर सहित