‘भारत’ सय करोड क्लबमा

‘भारत’ सय करोड क्लबमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २६, २०७६

नयाँ दिल्ली । सलमान खान तथा कटरिना कैफ अभिनित फिल्म ‘भारत’ सय करोड क्लबमा प्रवेश गरेको छ ।

‘भारत’ रिलिज भएको चौथो दिन (शनिबार)मै सय करोड क्लबमा प्रवेश गरेको हो ।

फिल्म इदको अवसर पारी गत बुधबार रिलिज भएको थियो । फिल्मले पहिलो दिन ४२.३० करोड भारू कमाइ गरेको थियो, जुन सलमान खान अभिनित फिल्मको सबैभन्दा बढी ओपनिङ कलेक्सन हो ।

यस्तै, फिल्मले दोस्रो दिन ३१ करोड, तेस्रो दिन २२.२० करोड र चौथो दिन २६.७० करोड भारू कमाइ गरेको थियो । शनिबारसम्म फिल्मले १२२.२० करोड भारू कमाइ गरिसकेको छ ।

फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्विटर ह्याण्डलमार्फत् ‘भारत’ले रिलिज भएको चौथो दिनमै बक्स अफिसमा छलाङ मारेको बताएका छन् ।

आइतबार बिदा भएकाले यसको कमाइ राम्रो हुन सक्ने आँकलन गरिएको खबर समाचार संस्था जेएनएनबाट साभार गरिएको हो ।