हारमा पनि मोदीको रणनीति

हारमा पनि मोदीको रणनीति

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७६

चुनाव जीतेपछि आफ्नो ठाउँ नफर्कने संस्कार बोकेका हाम्रा नेता भन्दा ३६० डिग्री विपरित गएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको खातासम्म नखुलेको केरलामा गएर उनले त्यहाँका जनताप्रति आभार प्रकट गरे । यसलाई उनको उच्च नैतिक चरित्र, राजनैतिक कौशलता र रणनीतिका रुपमा पनि हेरिएको छ । 

काठमाडौं, एजेन्सी । प्रधानमंत्री नरेंद्र मोदीले शनिवार केरलाको त्रिशूर स्थित गुरुवायुरप्पन (श्रीकृष्ण) मंदिरमा पूजा – अर्चना गरी भाजपा कार्यकर्ताले आयोजना गरेको अभिनव सभालाई सम्बोधन गर्दै भने, ‘केवल राजनीतिकोे लागि मात्रै हामी लोकसभा चुनावको मैदानमा थिएनौं, हाम्रो उद्देश्य त जनसेवा हो ।’ 

मंदिरको परम्परागत भेषभुषामा सजिएका मोदीले भने, ‘केरलामा भाजपाको खाता नखुलेको भए पनि हामी यहाँका जनतालाई आभार प्रकट गर्न आएका छौं, किनकि यो हाम्रो संस्कार र सोच हो ।’ 

मोदीले भने, ‘चाहे गुरुवायूर होस वा द्वारकाधीश हामी गुजरातीको केरलसँग एक प्रकारको विशेष सम्बन्ध रहेको छ । म यहाँका  नागरिकप्रति अभिनन्दन टक्क्रयाउन चाहन्छु  किनकि तपाईँले लोकतान्त्रीक मतदानमा भाग लिनुभयो । तर राजनीतिक दल तथा राजनैतिक पंडितहरुले  जनताको स्वभाव पहिचान गर्न सकेनन् । सर्भे एजेंसीले पनि ढुलमुल गरेको देखियो तर जनताले आफ्नो अभिमत प्रकट गरे ।’ 

‘कैयौं राजनीतिक पंडितहरुलाई लागेको होला केरलामा मोदीको खाता पनि खुलेन तर पनि धन्यवाद दिन किन आइपुगे मोदी, किनकि यो हाम्रो संस्कार हो,’ उनले भने ।  

प्रधानमन्त्री मोदीले अगाडी भने, ‘जसले हामीलाई जिताए र जसले यो मौका गुमाए ती सबै हाम्रा आफ्ना हुन् । केरलाप्रति मेरो त्यति नै दायीत्व छ जति बनारसप्रति ।’ 

‘जीतसँगै १३० करोड सम्पूर्ण जनताको जिम्मेवारी हाम्रो जिम्मेवारी हो । भाजपाका कार्यकर्ता चुनावको राजनीतिका लागि मात्रै राजनीतिमा आएका होइनन् ३६५ दिन नै जनताको सेवामा जुटिरहनु उनीहरुको राजनैतिक संस्कार हो,’ उनले भने ।  

‘हामी राजनीतिमा सरकार बनाउन होइन देश बनाउन आएका हौं, उनले भने ।’ 

प्रधानमन्त्री मोदीले गुरुवायुरप्पन मन्दिरमा करीब एक घण्टा बिताए । उनले मन्दिरमा घ्यू, केरा, कमलको फूल लगायतका सामग्री अपर्ण गरी पूजा गरे । 

सन् २००८ मा जब उनी दोस्रोपटक गुजरातका मुख्यमन्त्री भएका थिए त्यसबेला पनि उनी ६ हजार वर्ष पुरानो गुरुवायुरप्पन मंदिर गएका थिए ।