नाटक 'म्यारीज प्रपोजल'  कुञ्ज थिएटरमा मञ्चन शुरू

नाटक 'म्यारीज प्रपोजल'  कुञ्ज थिएटरमा मञ्चन शुरू

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ ११, २०८१

काठमाडौँ । नाटक 'म्यारीज प्रपोजल' बुधबारबाट मञ्चन शुरूवात भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा रहेको नाटक बुधबार (प्रिमियर शो)  सहित कुञ्ज थिएटर थापागाउँमा मञ्चन शुरूवात भएको हो ।

संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गर्नुभएको हो । कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक बुधबार (प्रिमियर शो) बाट जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशक द्वयले बताउनुभयो  ।

नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको छ । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको छ ।

नाटक पछिको अन्तरक्रियामा कलाकारहरूले पुरानो परिवेशलाई परिस्थिति सुवाउदोँ हिसावले नाटक मञ्चन गरिएको बताउनुभयो ।

कडेमी जनराबाट नाटकको विदा तर्फ प्रवेश गर्नुभएका कलाकार डोरेस खतिवडाले कमेडी र नाटक धेरै फरक पाटोका विषयवस्तुहरू भएको बताउनुभयो । उहाँले कमेडी एक्टिङमै सिमित रहने र नाटक सधैं जीवन्त रहने बताउनुभयो ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।

नाटकमा ४ जना पात्रहरू रहनुभएको छ । जसमा विजया कार्की (रूक्मिणि देवी), डोरेस खतिवडा (रञ्जित विष्ट) , चन्द्र नेपाली (तोपजंग ठकुरी) र सुन्दर धिताल (बोधे) पात्रका रूपमा अभिनयमा रहनु भएको छ । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ ।

करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तु लाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । नाटक हरेक दिन साँझ ५ स् ३० बजेबाट शुरुवात हुने छ भने, शनिबार अतिरिक्त शो  दिउँसो १:३० बजे पनि राखिएको छ ।

कलाशी प्रोडक्सनले हालसम्म '२४ मा १२', 'अधेरी नगरी चौपट राजा','ज्ञानको चिहान' र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।