राधा र घनेन्द्रका गजलमा सन्तोष श्रेष्ठको एकल प्रस्तुति जेठ १९ गते शनिबार

राधा र घनेन्द्रका गजलमा सन्तोष श्रेष्ठको एकल प्रस्तुति जेठ १९ गते शनिबार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०८१

काठमाडौँ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको यही जेठ १९ गते शनिबार एकल गजल प्रस्तुति हुने भएको छ । गनलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा सर्वनाम थिएटर, कालिकास्थानमा दिउँसो २ बजे सन्तोषले सङ्गीत र स्वर सजाउने छन् ।

'गजल गायन'  नाम दिइएको कार्यक्रममा सन्तोषले राधा र घनेन्द्रका पाँचवटा गजल गाउने झन् । कार्यक्रममा सन्तोषको एकल सङ्गीत र घनेन्द्रको एकल रचना रहेबो पहिलो बहरबद्ध गजल एल्बम 'शुभेच्छा' माथि चर्चासमेत हुने सङ्गीतकार, गायक श्रेष्ठले जानकारी दिए । एल्बममाथि लोकप्रिय सङ्गीतकार राजु सिंहले समीक्षा गर्ने छन् ।


नेपाली गजललाई गायनमा ल्याउने अभियानमा सक्रिय सन्तोष र घनेन्द्रले नेपाली गजल लेखनको व्यापकतासँगै गायनमा समेत तीव्रता आवश्यक रहेको बताए । दुई दशकभन्दा अगाडिदेखि गजल लेखनमा सक्रिय राधा र घनेन्द्रका गजलहरूलाई यसरी प्रत्यक्ष गायनमा ल्याउने काम गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गरेका हुन् । कार्यक्रमलाई नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान र कलरक्राफ्टले सहकार्य गरेका छन् ।

करिब डेढ दर्जन साहित्यिक संस्थाले साथ दिएको कार्यक्रमका मिडिया पार्टनरका रूपमा साहित्यपोस्ट, लोकसंवादडटकम, आजकोखबरडटकम, पत्रकला साप्ताहिक, खबरपातोडटकम, मिलाप मासिक र म्युजिकखबरडटकम छन् ।