छोरा छोरीलाई राम्रो संस्कार दिने माता–पिता नै बुद्धिमानः चाणक्य नीति

छोरा छोरीलाई राम्रो संस्कार दिने माता–पिता नै बुद्धिमानः चाणक्य नीति

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  जेठ २६, २०७६

जीवनदर्शन डेस्क । मानिस जीवनमा सफल, सुखी र खुशी हुन चाहन्छ । कोही सफल छन खुशी छैनन् । कोही खुशी छन् सफल छैनन् । खुशी र सुखी दुबै  सफल छैनन् । जीवनमा सुखी, खुशी तथा शान्ति चाहने हो भने चाणक्य नीति अपनाउनु पर्छ । चाणक्य नीति यसमा खराे उत्रन सक्छ । 

आचार्य चाणक्यले चंद्रगुप्त जस्तो सामान्य बालकलाई आफ्नो नीतिका प्रभावले भारतको महान सम्राट बनाए । 

चाणक्यले आफ्नो छुट्टै नीतिशास्त्रको रचना गरेका थिए । जसमा एक बुद्धिमान पिताले आफ्ना छोरा छोरीलाई राम्रो संस्कार दिनुपर्छ र राम्रो संस्कारको प्रभाव जीवन पर्यन्त रहने हुनाले यसको उच्च महत्व रहेको चाणक्य नीतिशास्त्र भन्छ । 

चाणक्य भन्छन् – 
पुत्राश्च विविधैः शीलैर्नियोज्याः सततम् बुधैः।
नीतिज्ञा शीलसंपन्नां भवन्ति कुलपूजिताः।। 

यो  चाणक्य नीतिको दोस्रो  अध्यायको १० औं नीति हो । यस नीतिका अनुसार त्यो बाबु नै बुद्धिमान हो जसले आफ्ना छोरा छोरीलाई सबै प्रकारका राम्रा गुण तथा संस्कारका बारेमा शिक्षा दिक्षा दिन्छ । नीतिवान तथा शालीन व्यक्तित्व नै आफ्नो कूलमा पुजिन्छ । 

चाणक्य नीति भन्छ, बालकको पालन पोषणमा कुनै पनि लापरवाही गर्नुहुँदैन किनकि गलत पालन पोषणका कारण गलत विचार उत्पन्न हुन्छ । गलत विचारले गलत काम गर्न प्रेरित गर्छ । सन्तानको गलत कामका कारण आमा बाबुले अपमानित हुनुपर्छ । यदि सन्तानले राम्रो काम गर्छ भने उसका माता पितालाई मान–सम्मान प्राप्त हुन्छ । 

जसले यो नीतिका बारेमा ध्यान राखेर आफ्ना सन्तानको हेरविचार गरेर राम्रो संस्कार दिन्छ ऊ नै बुद्धिमान अभिभावक हो र उसका सन्तानले जीवनमा सुख, शान्ति र सफलता प्राप्त गर्दछ ।