मनिष कार्की उर्फ मनिलाल बि.क. ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय कास्की चलान

मनिष कार्की उर्फ मनिलाल बि.क. ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय कास्की चलान

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ ११, २०८१

काठमाडौँ  । काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयले  ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मनिलालबि.क.लाई  पक्राउ गरेकाे छ । 

 काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी  प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार जनम अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा. १४ घर भई काठमाण्डौं जिल्ला  काठमाडौँ महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने अबिराम बि.क.को छोरा बर्ष ३६ को मनिष कार्की भनेर चिनिने मनिलाल बि.क. भएको 'ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर' मुद्दामा सम्मानित कास्की जिल्ला अदालत, कास्कीबाट मिति २०८१।०१।०२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०९ गते अन्दाजी  १५:०० बजे काठमाडौँ जिल्ला का.म.न.पा. वडा १५ स्वयम्भुमा फेला परेकोले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१ जेठ १० गते जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको छ ।