योगी माथि आपत्तिजनक टिप्पणी गर्ने ३ पत्रकार पक्राउ

योगी माथि आपत्तिजनक टिप्पणी गर्ने ३ पत्रकार पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७६

काठमाडौं, एजेन्सी । उत्तर प्रदेशका  मुख्यमंत्री योगी आदित्यनाथ माथि  आपत्तिजनक टिप्पणी गर्ने ३ पत्रकार पक्राउ परेका छन् । दुई भिन्न मामिलामा प्रदेश पुलिसले एक न्युज च्यानलका एमडी सहित ३ पत्रकारलाई गिरफ्तार गरेको छ । 

हजरतगंज थाना प्रमुख राधारमण सिंहका अनुसार मुख्यमंत्री कार्यालयले जुन ७ तारिख शुक्रवार अबेर राती  स्वतंत्र पत्रकार प्रशांत जगदीश कन्नौजियाका विरुद्ध एसएसपी कलानिधि नैथानीलाई केस दाखिला गर्न निर्देशन दिएको थियो । 

शनिवार दिउँसो हजरतगंज थाना पुलिस तथा साइबर सेलको  टीमले प्रशांतलाई दिल्लीबाट गिरफ्तार गरेको हो । 

जगदीशले ६ जुनमा आफ्ने ट्विटर हैंडलबाट ‘इश्क छुपता नहीं छुपाने से योगी जी’ भन्ने शीर्षकमा एउटा पोष्ट गरेका थिए । साथै उनले एउटा भिडियो पनि  अपलोड गरेका थिए । जसमा एक युवती मुख्यमंत्री कार्यालय बाहिर आफू योगीको प्रेमिका भएको बताई रहेकी थिइन् । 

यसअघि पनि प्रशांतले योगी आदित्यनाथलाई  उनको  जन्मदिनको अवसरमा खराब  टिप्पणी गरेका थिए । 

यस्तै योगीसँग जोडिएको अर्को एक मामिलामा नोएडा पुलिस ने सेक्टर–६५ स्थित एक न्युज च्यानलकी प्रबन्ध निर्देशक इशिका सिंह लगायत दुई जनालाई गिरफ्तार गरेको छ । 

एसएसपी वैभव कृष्णका अनुसार ६ जुनमा च्यानलको  कार्यालयमा कानपुरकी एक महिलाको योगी आदित्यनाथसँग सम्बन्ध छ कि छैन भन्ने विषयमा लाइभ बहस चलाएको थियो ।   

एसएसपीका मुताबिक मुख्यमंत्री योगीका विरुद्ध विना कुनै अनुसन्धान भ्रामक खबर प्रसारण गरेको मामिलामा नोएडा कोतवाली फेस–३ मा केस दाखिल गरिएको छ । 

यस मामिलामा  इशिका सहित दुई जनालाई गिरफ्तार गरिएको छ । यसका बारेमा अनुसन्धान भैरहेको छ । यो केसमा ज–जस्को भूमिका शंकास्पद देखिनेछ तिनलाई  गिरफ्तार गरिने बताइएको छ ।