एकदिवसीय विश्वकप क्रिकेट : भारत र अस्ट्रेलिया प्रतिष्पर्धा गर्दै

एकदिवसीय विश्वकप क्रिकेट : भारत र  अस्ट्रेलिया प्रतिष्पर्धा गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २६, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भारत र अस्ट्रेलिया प्रतिष्पर्धा गरिरहेका छन् ।

अहिले भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । १४ ओभरको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा ६९ रन जोडेको छ । शिखर धवनले ३६ रन र रोहित शर्मा ३० रनमा खेल्दैछन् ।

अस्ट्रेलियाका तर्फबाट अहिलेसम्म प्याट कमिन्सले ५, मिचेल स्टार्कले ३ तथा नाथन कुल्टर नायल, ग्लेन म्याक्सवेल र एडम जम्पाले २–२ ओभर बलिङ गरेका छन् ।

चालू प्रतियोगितामा यो अस्ट्रेलियाको तेस्रो र भारतको दोस्रो खेल हो ।