चितवनको फिस्लिङमा बस र कार एकआपसमा ठोकिँदा २० जना घाइते

चितवनको फिस्लिङमा बस र कार एकआपसमा ठोकिँदा २० जना घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०१, २०८१


चितवन । शुक्रबार बिहान करिब ०७:३० बजे चितवन जिल्ला  इच्छाकामना गाउँपालिका- ३  फिस्लिङ नजिक नेपालगन्ज बाट काठमाडौ  तर्फ आउँदै गरेको  यात्रुबाहक बस र बिपरित दिशा बाट जाँदै गरेको  कार  एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन् ।

भे १ ख ४०६२ नम्बरको  बस  र बा प्र ०१  ०२९ च ३७२० नम्बरको कार ठोकिएर भएको दुर्घटनामा बसमा सबार १५ र कारमा सबार ५ जना घाइते भएका हुन् ।दुर्घटनामा बस सडक बाट करिब २५ फिट तल त्रिशुली नदि किनारमा खसेको छ । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा  मेडिकल टिम मास क्याजुअल्टी भेइकल सहित ३५ जनाको सुरक्षा फौज  परिचालन गरि उद्दार गरिएको थियो ।

घाइते मध्ये ११ जनालाई उपचारार्थ भरतपुर तर्फ पठाइएको छ भने १ जना गम्भिर घाइतेलाई सशस्त्र प्रहरी बलको कुरिनटार स्थित ट्रमा सेन्टरमा प्राथमिक उपचार पछि भरतपुर नै पठाइएको छ । बांकी सामान्य घाइते आआफ्नो गन्तब्यमा लागेको डिएसपि तथा सह प्रबक्ता  शैलेन्द्र थापा जानकारी दिएका  छन् ।