एमालेको महालक्ष्मी नगर कमिटिमा समेत धाँदली, अध्यक्षमा नकुल थापा

एमालेको महालक्ष्मी नगर कमिटिमा समेत धाँदली, अध्यक्षमा नकुल थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०१, २०८१

ललितपुर । नेकपा एमालेको महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशनमा ब्यापक धाँदली गरेर अध्यक्ष नकुल थापालाई निर्वाचित गरेकाे भन्दै नगर अध्यक्षका प्रत्यासीहरुले आपत्ती जनाएका छन् । 

यही जेष्ठ ३० गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेकाे महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशन धाँदली गरेर नै भएपनि नकुल थापालाई अध्यक्ष बनाइएको छ । यसरी थापालाई  धाँदली गरेर  किन अध्यक्ष बनाउनु  पर्‍यो  भनि कार्यकर्ताको जिज्ञासा  विगतको सहमतिका कारण आफुहरु अप्ठेरोमा परेको कारण सहयोग गर्न भनेका  थिए । तर त्याे आग्रहलाई लत्याउँदै  विपिन कार्की, विनोद कडेल, बलराम वाग्ले र बैकुण्ठ राज बुढाथोकीले नगर अध्यक्षले उम्मेदवारी दिएर चुनाैती दिए पछि ललितपुर एमाले निर्वाचन समिति मार्फत धाँदली गरेर भए पनि थापालाई अध्यक्ष बनाउने निष्कर्ष पुगेको बताइएकाे छ । 

नकुल थापालाई  नेकपा एकीकृत समाजवादीबाट नगर अध्यक्ष बनाउने शर्तमा एमालेमा फर्काइएका कारण पनि ललितपुर एमाले धाँधलीको बाटो अंगिकार गरेरै भए पनि अध्यक्ष बनाउने  निश्कर्षमा पुगेकाे हाे । यसको लागि एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, बागमती प्रदेश रामहरि बजगाई र एमाले ललितपुर  जिल्ला सदस्य नविन तण्डुकारले निर्वाचन समितिलाई प्रभावित पारेको  आरोप अध्यक्षका प्रत्यासीहरुले लगाएका छन् । 

एक  प्रत्यासीका अनुसार मतगणनाका क्रममा प्रमुख निर्वाचन सुशील पोखरेलको निर्देशनमा  अधिकृत  निर्वाचन समितिका सदस्य अधिवक्ता सकुल खत्रीले नाम बाचन गर्ने तर बाचन गरेकाे नाम सही छ कि छैन भनेर हेर्न उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई नदिएको गुनासो छ । यसरी सुनियोजित रुपमा चुनाव हराउने र एकीकृत समाजवादीबाट एमाले भएकालाई धाँदली गरेर अध्यक्ष बनाउने हरकतलाई गुण्डा परिचालन गरेर टुलुटुलु हेर्न बाध्य बनाइएको गुनासो  थियाे ।  १ सय ६९ प्रतिनिधिले भाग  लिएको अधिवेशनमा  नकुल थापाले ८७, विपिन कार्की ४०, विनोद कडेल २८, बैकुण्ठ राज बुढाथोकीले ७ र बलराम वाग्लेले २ भोट प्राप्त गर्नु भएकाे समेत निर्वाचन समितिले जनाएको छ ।