डिशहोम फाइबरनेटको ७२-घण्टे नयाँ अफर

डिशहोम फाइबरनेटको ७२-घण्टे नयाँ अफर

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०१, २०८१

ललितपुर । आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असाढ ३ गते बिहान ५स्१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । 

यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।  

डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे 'ईतिहास रच्न तयार गोर्खाली' शीर्षकमा यो ७२-घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो । 

रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहक वर्गले ९८०१५४४००० मा सम्पर्क गर्न सक्नु हुनेछ । 

यो विशेष ७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च(स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।