अस्ट्रेलियाविरुद्ध रोहितको कीर्तिमान, सचिनलाई पनि उछिने

अस्ट्रेलियाविरुद्ध रोहितको कीर्तिमान, सचिनलाई पनि उछिने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २६, २०७६

काठमाडौं । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार रन बनाउने कीर्तिमान गरेका छन् ।

आइतबार अस्ट्रेलियाविरुद्धको ३७ औं खेलमा उनले यो कीर्तिमान कायम गरेका हुन् । जारी खेलमा २० रन जोड्दै उनले यो कोशेढुंगा पार गरेका हुन् ।

शर्माले यो प्रतिष्पर्धामा क्रिकेटका ‘भगवान’ मानिने भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई पनि उछिनेका छन् । सचिनले अस्ट्रेलियाविरुद्ध ४० औं पारीमा यो उपलब्धी हासिल गरेका थिए ।

जारी खेलको १९ ओभर सकिँदा शर्मा ४४ रनमा खेलिरहेका छन् ।

ओपनिङ साझेदारीमा पनि कीर्तिमान

विश्वकपमा भारतले अस्ट्रेलियाविरुद्धको ओपनिङ साझेदारीमा कीर्तिमान कायम गरेको छ ।

आइतबार भइरहेको खेलमा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा र शिखर धवनले शतकीय साझेदारी गरेका छन् । यसअघि विश्वकपमा अस्ट्रेलियाविरुद्ध उनीहरूको सर्वश्रेष्ठ साझेदारी ७६ रन थियो ।