मच्छिन्द्रनाथको जात्राः भाेटाे दाबी गर्ने काेही नभएपछि रथ बुङ्मती फर्काइयो

मच्छिन्द्रनाथको जात्राः  भाेटाे दाबी गर्ने काेही नभएपछि रथ बुङ्मती फर्काइयो

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २६, २०७६

ललितपुर।  राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ ।

राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा विगतदेखि रहँदै अएकाे छ ।

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन समेत गर्नुभएकाे छ ।

अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाउनुभयो ।

सो अवसरमा गुरुज्यूको पल्टनले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । कार्यक्रममा कार्यबाहक  प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागीता रहेकाे  थियाे । 

भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाहरुले नेवारी नृत्य प्रदर्शन गरेका थिए । गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास नेवारी समुदायमा रहिआएको उल्लेख गर्नुभयो ।

जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए । राष्ट्रप्रमुखको बिदाइपछि भक्तजनले चामल र फूल चढाएर मच्छिन्द्रनाथलाई बिदाई समेत गरेका थिए । भोटो जात्रामा भाेटाे दावी गर्न प्रमाण सहित आउन सर्वसाधरण भाेटाे देखाई सम्पन्न भएपछि साेही दिन साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएर लैजाने चलन अनुसार नै लगिएकाे छ ।  मछिन्द्रनाथको रथसँगै रहेकाे मीननाथको रथलाई  भने टंगालतर्फ लगिन्छ। काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।