गुठी विधेयकको विरोध प्रदर्शन गर्नेलाई पानीको फोहोरा र लाठी

गुठी विधेयकको विरोध प्रदर्शन गर्नेलाई पानीको फोहोरा र लाठी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौँ  । काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा २०७६ जेठ २६ एक बृहत् प्रदर्शन गरेको छन् ।

काठमाडौँ  स्थित माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गरेकाे थियो । प्रदर्शनकारीलाई  तितरबितर गराउन पानीकाे फाेहाेरा र लाठी चार्ज समेत गरेकाे थियाे । 

प्रदर्शनका क्रममा प्रहरीले चार आन्दोलनकारीलाई पक्राउ गरेको छ । यसक्रममा दुई जना घाइते भएका छन् ।

नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको हाे ।

आन्दोलनका क्रममा सजीव बज्राचार्य र महेश कारञ्जित घाइते हुनुभएको छ ।

दुबै जनाको नर्भिक र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाका नमस्ते सायमीका अनुसार शान्तिपूर्ण आन्दोलन गरिरहेका माथि प्रहरीले बल प्रयोग गरेको थियो । राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकमा गुठीको नाममा रहेको अमूल्य जग्गा समाप्त पार्ने नीति भएको भन्दै सरोकारवाला आन्दोलनमा उत्रेका हुन् ।