नेपाल प्रज्ञाप्रतिष्ठान:  इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा

नेपाल प्रज्ञाप्रतिष्ठान:  इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०८१

काठमाडौँ । मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञाप्रतिष्ठानले 'इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान ' विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे ।

उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियोे ।

प्रज्ञा(प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमलनिभाुले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै 

इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मनतव्य राख्नुभएको थियोे ।
गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो ।
गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले 

इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।

गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्‍याउनु भएको बताउनुभएको थियोे ।

गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनु भएको थियोे ।

गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनु भएको थियो। ग‍ोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा।गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियोे ।उक्त गोष्ठीको सञ्चालन प्रज्ञा(प्रतिष्ठान सामाजिक शास्त्र विभागका सदस्य तथा योगविद् डा.टीपी धमलाले गर्नुभएको थियोे ।