प्रदेश नं १ सरकारले राजनीतिक सङ्ग्रहालय बनउने तयारी

प्रदेश नं १ सरकारले राजनीतिक सङ्ग्रहालय बनउने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

विराटनगर ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेस १ मा राजनीतिक सङ्ग्रहालय चाँडै निर्माण गरिने जानकारी दिनु भएको छ ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित सङ्ग्रहालय निर्माण कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री जीवन घिमिरेले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो ।

मन्त्री घिमिरेले गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी तथा मदन भण्डारीको राजनीतिकस्थलका रुपमा रहेको विराटनगरमा बन्न लागेको सङ्ग्रहालय मुलुकका लागि ऐतिहासिक हुने बताउनुभयो ।

सङ्ग्रहालय निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने बताउनुभयो । कार्यदलले दिएको सुझावमा विराटनगरको रानीस्थित जुटमिलको ६५ बिघा जग्गामा बन्ने उक्त सङ्ग्रहालयमा २००३ देखि २००७ सालसम्म तथा २०६२÷६३ को जनआन्दोलनमा प्रयोग गरिएका सामग्री, राजनीतिक घटना तथा राजनीतिक योद्धाका बारेमा प्रस्ट जानकारी दिने उद्देश्यले दृश्य श्रव्य सामग्रीसमेत राख्ने व्यवस्था मिलाइनेछ ।

सङ्ग्रहालयमा पूर्वप्रधानमन्त्रीद्वय कोइराला र अधिकारीको पूर्णकदको शालिक निमार्ण गर्न सुझाव दिइएको कार्यदलका सदस्य यज्ञ शर्माले बताउनुभयो ।