होचो कदका मान्छेका लागि सहयोगी पेरिस्कोप ग्लास

होचो कदका मान्छेका लागि सहयोगी पेरिस्कोप ग्लास

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौं, एजेन्सी । कुनै कार्यक्रममा आफूभन्दा अग्लो मान्छेले अगाडी छेकिदिएर कार्यक्रमका गतिविधि नदेखेपछि दायाँ बायाँ टाउको घुमाउने दिन अब सकिए ।

होचो कदका मान्छेले पनि अब सजिलै अगाडीको दृष्य सक्नेछ त्यसका लागि बेलायतका डोमिनिक विलकक्सले पेरिस्कोप ग्लास बनाएका छन् । 

उनले यसको नाम ‘वान फुट टलर’ दिएका छन् । यो पेरिस्कोप ग्लासले भिडमा आफूभन्दा अगाडी उभिएको अग्लो मानिसले नछेकिने गरी हेर्न मद्दत गर्छ । 

डोमेनिकका अनुसार पेरिस्कोप ग्लासलाई ४५ डिग्रीको कोणमा डिजाइन गरिएको छ । यसमा शिशाले बनेको एक्रेलिक शीटको प्रयोग गरिएको छ । 

चश्मामा माथिपट्टि राखिएको पेरिस्कोप ग्लासले पछाडी बसेर पनि अगाडीको सबै दृष्य देखाउन सक्छ ।