गिनीज वर्ल्ड रेकर्ड सहित बालुवाको ५८ फिट अग्लो महल

गिनीज वर्ल्ड  रेकर्ड सहित बालुवाको ५८ फिट अग्लो महल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौं, एजेन्सी । जर्मनीमा ५ देशका कालकारले बालुवाको १७.६६ मिटर ( करीब ५७.९४ फिट ) अग्लो बालुवाको महल बनाएर विश्व रेकर्ड कायम गरेका छन् ।

महल निर्माण गर्न नेदरल्याण्ड, रुस, हंगेरी, लात्विया तथा पोल्याण्डका कलाकार समावेश भएका थिए ।

यसको नेतृत्व थोमस फान डेनले गरेका थिए । यसलाई गिनीज वल्र्ड रेकर्डमा समेत समावेश गरिएको छ । 

पछिल्लो पटक जर्मनीकै शहर डुइसबगमा निर्मित १६.६८ मिटर ( ५४.७२ फिट ) अग्लो बालुवाको महलले विश्व रेकर्ड कायम गरेको थियो । 

थोमसले यस्तो कोशिश दुई वर्ष पहिले पनि गरेका थिए । तर अन्तिम समयमा आएर महल ढलेको थियो । 

यो महल बनाउन एक महिना भन्दा बढी समय लागेको थियो । 

मे महिनामा बनाउन शुरु गरिएको महल बनाउनका लागि ११ टन बालुवाको प्रयोग भएको थियो । 

खन्ने खोस्रने औजारका साथै बालुवा उठाउनका लागि क्रेनको समेत प्रयोग भएको थियो । 

महल बनाउनु पूर्व २७ मिटर अग्लो कोन आकारको स्ट्रक्चर तयार गरिएको थियो । 

पर्यटकले यस महलको शिल्पकारीताको आनन्द केवल ३ नोभेम्बरसम्म मात्र उठाउन सक्नेछन् ।